+
+

जब सरोज खनालले तीन घण्टा कुरेर अमिताभ बच्चनसँग हात मिलाए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १२:४८

काठमाडौं । आज (मंगलबार) बलिउड महानायक अमिताभ बच्चनको ८० औं जन्मदिन । यो अवसरमा उनलाई भारतबाट मात्र होइन, नेपालसहित विश्वभरबाट जन्मदिनको शुभकामना मिलिरहेको छ ।

धेरै सेलिब्रिटीले अमिताभसँग भेटेकोदेखि उनी कसरी प्रेरणादायी बन्ने भन्नेसम्मका किस्साको स्मरण गरेका छन् । नेपाली अभिनेता सरोज खनालले पनि उनीसँगको स्मृतिलाई ताजा गराउँदै जन्मदिनको शुभकामना दिएका छन् ।

फिल्म ‘महान्’ छायांकनको क्रममा काठमाडौं आएका अमिताभ बसेको होटलमा जबर्जस्ती छिरेर आफूले तीन घण्टा प्रतीक्षा गरेर भए पनि उनीसँग हात मिलाएको स्मरण सरोजले गरेका छन् ।

सरोज खनाल लेख्छन् :

म एसएलसीको पहिलो दिनको परीक्षा दिएर बानेश्वरबाट फर्कंदै थिए । क्षेत्रपाटीमा तपाईंको ‘बेमिसाल’ भन्ने फिल्म भिडियोमा देखाइँदै थियो भोलिपल्ट म्याथको परीक्षा थियो ।

म गणितमा राम्रै थिएँ । मन मानेन । भोलिपल्टको परीक्षा बिर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसें । डेरामा आएर दाजुको पिटाइ खाएँ, किनकि दाजु पनि त्यही फिल्म हेर्न बस्नुभएको रहेछ ।

अस्कल कलेजमा साइन्स पढ्दै थिएँ, तपाईं ‘महान्’ भन्ने फिल्मको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई भेट्न जबर्जस्ती होटलमा छिरें । करिब तीन घण्टाको पर्खाइपछि तपार्इं आउनुभयो । सौभाग्यवश त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा पनि अभिनय गर्ने भूत सवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?