+
+

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट तीनवटा ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १७:४८

२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलीका सामान बोकको आशंमा तीन वटा ट्रक नियन्त्रणमा लिएको छ । ना ३ ख १००९, ना ६ ख ७१ र ना ६ ख १८७८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सोमबार राति साढे ११ बजे बोर्डर आउटपोष्ट ड्राईपोर्ट र सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज–२४ रामगढवाबाट सामान सहितका ती ट्रकहरुलाई नियन्त्रणमा लिएको थियो ।

बिलमा उल्लेख भएको भन्दा बढी कस्मेटीक, लेडिज जुत्ता, स्टेसनरी तथा ईलेक्ट्रिक सामान लोड गरिएको तीन वटा ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नं हेड क्वाटरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतका अनुसार बरामद भएका सामानको मुल्य २३ लाख ४८ हजार ८ सय ५८ रुपैयाँ मुल्यांकन गरिएको छ । भने तीन वटा ट्रकको मुल्य ९० लाख पर्ने अनुमान गरिएको छ ।

तीन वटा ट्रक सहित १ करोड १३ लाख ४८ हजार ८ सय ५८ मुल्य बराबरको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको उनले जानकारी दिए ।

जय माँ दुर्गा रोड क्यारियर्स बाट लोड भएको ना ३ ख १००९ नम्बरको ट्रकमा लोड भएको सामानको सामानको मुल्य १० लाख ५४ हजार ६ सय ३६, श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख ७१ नम्बरको ट्रकमा लोड गरिएको सामानको मुल्य रु ९ लाख ३२ हजार ६ सय ८० र श्री दुर्गा रोड क्यारियर्सबाट लोड भएको ना ६ ख १८७८ नम्बरको ट्रकमा राखिएको सामानको मुल्य रु. ३ लाख ६१ हजार ५ सय ३७ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?