+
+

जेठा उम्मेदवार प्रतिनिधि सभामा ९९ वर्षका, प्रदेश सभामा ८५ वर्षका

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:०३

२५ असोज, काठमाडौं । प्रतिनिधिसभामा गोरखा–२ का ९९ वर्षिय टिकादत्त पोखरेल सबैभन्दा जेठा उम्मेदवार हुन् ।

नेपाली कांग्रेस बीपीबाट उम्मेदवार बनेका उनले माआवोदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

८७ वर्षिय युवराम गौराम राप्रपाबाट तेह्रथुम–१ मा उम्मेदवार छन् । ८५ वर्षका महिन्द्र राय यादव माओवादी केन्द्रबाट सर्लाही–२ मा उम्मेदवार छन् । ८५ वर्षकै विष्णुप्रसाद ढकालले काठमाडौं–६ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेश सभाका सबैभन्दा जेठा उम्मेदवार भने पर्वतका बालकृष्ण पौडेल छन् । राप्रपा नेपालबाट पर्वत–१(ख) बाट उम्मेदवारी दिएका उनी ८५ वर्षका हुन् ।

राप्रपा नेपालले नै म्याग्दी–१(ख)मा झलकबहादुर बानियाँलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । ७५ वर्ष र त्यसभन्दा माथिका २० जना वृद्धहरु प्रदेशसभामा देशभर उम्मेदवार बनेका छन् ।

बुधबार उम्मेदवारहरुले मनोनयनपत्र फिर्ता लिने समयतालिका तोकिएको छ । त्यसअघिसम्मको निर्वाचन आयोगको अन्तिम विवरण अनुसार, ४० देखि ६० वर्षका प्रौढहरुको बाहुल्य छ । कुल ३४८१ उम्मेदवारमध्ये ४० देखि ६० वर्षका १९९५ जना उम्मेदवार छन् । यो कुल उम्मेदवारीको करिव ५७ प्रतिशत हो ।

२५ देखि ४० वर्षका युवा उम्मेदवारको संख्या १०७० छ, जुन करिव ३१ प्रतिशत हो । ६० वर्षमाथिका उम्मेदवारहरुको संख्या ४१६ छ । जुन करिव १२ प्रतिशत हो ।

कुलमध्ये ३२ जना उम्मेदवारहरु २५ वर्षका छन् । जुन, उम्मेदवारी दिने सबैभन्दा कम उमेर हो । आँकडा हेर्दा, ठूला दलहरुको तुलनामा साना र नयाँ खुलेका दलहरुले ४० भन्दा कम र ६० भन्दा बढी उमेरका उम्मेदवारहरुलाई अघि सारेको देखिन्छ ।

महिलातर्फ हेर्दा काठमाडौंमा विष्णुदेवी पुडासैनी र रत्नकुमारी श्रेष्ठ ७१ वर्षका सबैभन्दा पाका महिला उम्मेदवार हुन् ।

पुडासैनीले काठमाडौं–३(ख)बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन् भने श्रेष्ठले काठमाडौं–७(क)मा राप्रपा नेपालबाट उम्मेदवारी दिएकी हुन् । ६० कटेका महिला उम्मेदवारहरु १५ जनामात्रै छिन् ।

२५ वर्षका चारजना युवती विभिन्न प्रदेशमा उम्मेदवारी दिएका छन् । रिंकु देवी यादवले सप्तरी–२(ख)मा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । मिराकुमारी यादव धनुषा–४(क)मा राप्रपाबाट उम्मेदवारी दिएकी छन् । धादिङ–१(क)मा रविना पौडेल स्वतन्त्र उम्मेदवार छिन् । श्रृषा गोले चितवन–२(क)मा मंगोल नेशनल अर्गनाइजेसनाट उम्मेदवार बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?