+
+

‘सिंगल’ बनिन् नम्रता श्रेष्ठ, टुंगियो दावासँगको चार वर्ष लामो प्रेम सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १५:५६

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ यतिबेला पुनः सिंगल बनेकी छन् । पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँगको चार वर्षदेखिको प्रेम सम्बन्ध औपचारिक रुपमै टुंगिएको छ ।

‘ब्रेकअप’को पुष्टि अरु कोही नभएर स्वयं दावाले नै सामाजिक सञ्जालबाट गरेका छन् । उनले नयाँ प्रेमिका रिया श्रेष्ठलाई ‘माइ लाइफ’ भन्दै इन्स्टाग्राममा तस्वीर पोस्ट गरेका छन् ।

नम्रतासँगको रोमान्स टुंगिएपछि नयाँ प्रेमिकासँग दावाको रिलेसनसिप सुरु भएको छ । गत सातासम्म दावा र रिया इटालीको मिलानमा भइरहेको मिलान फेसन विकमा डेट गरिरहेका थिए ।

जहाँसम्म नम्रतासँगको कुरा छ, नम्रता र दावा झण्डै चार वर्ष सम्बन्धमा बसे । यी दुई जना सम्बन्धलाई लिएर गम्भीर पनि थिए । तर कोभिडपछि यी दुईजनाले अलग बाटो रोजे । उनीहरुबीच ब्रेकअप भएको हल्ला त थियो, तर पुष्टि भएको थिएन ।

यद्यपि, दावाको पछिल्लो इन्स्टाग्राम पोस्टले नम्रतासँगको रोमान्स टुंगिएको पुष्टि गरेको छ । नम्रता पुनः सिंगल बनेकी छन् ।

बक्सिङ अभ्यास गर्दा केही साताअघि नम्रताको हातको औंला भाँच्चिएको थियो र उनी अहिले आराम गरिरहेकी छन् । नम्रता नयाँ फिल्म ‘ग्रहण’को तयारीमा छिन् ।

 

View this post on Instagram

 

A post shared by Dawa Steven Sherpa (@dawasteven8000m)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?