+
+
Shares

सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि भेटिए, उपचारका लागि काठमाडौं ल्याइँदै

खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा २१ जेठको बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन् ।
  • जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका शेर्पालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
  • उनलाई एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाको निजी खर्चमा परिचालित टोलीले हिउँमा घिस्रिँदै गरेको अवस्थामा फेला पारेको हो ।

 २१ जेठ, काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन् । खोजी टोलीले आज बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।

उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए ।  खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।

उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ । फेसबुकमा सार्वजनिक दावाका तस्वीरहरुमा उनका हातका औंलामा घाउ भएको देखिन्छ ।

दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?