+
+

नवौं राष्ट्रिय खेलकुद : बिहीबारदेखि हुने पुरुष फुटबल गोस्टेघाट र पोखरा रंगशालामा, महिलाको वालिङमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १६:५७
राष्ट्रिय खेलकुदको ट्रफीसहित गण्डकी प्रदेशका मुख्यमन्त्री ।

२६ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुटबल खेल बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गते औपचारिक उद्घाटन हुने भए पनि त्यसअघि नै विभिन्न खेलहरु भइरहेका छन् ।

पुरुष क्रिकेट भदौमै काठमाडौंमा भइसकेको छ भने महिला क्रिकेट, फेन्सिङ, ह्याण्डका खेलहरु असोज २३ देखि पोखरामा सञ्चालन भइरहेको छन् ।

बिहीबारदेखि महिला र पुरुष फुटबल खेल पोखरामा सुरु हुनेछ । पुरुष र महिला फुटबल फरक स्थानमा खेलाइँदैछ ।

पुरुष फुटबल गोस्टेघाट मैदान र पोखरा रंगशालमा खेलाइने छ भने महिला फुटबल स्याङ्जाको वालिङमा हुने छ । दुवैतर्फको फाइनल खेल पोखरा रंगशालमा गराउने प्रयास भइरहे पनि निश्चित भइसकेको छैन ।

नवौं राष्ट्रियको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङका अनुसार पुरुष फुटबल असोज २७ र २८ गते गोस्टे मैदानमा हुनेछ ।

असोज २८ गते नवौंको आधिकारिक उद्घाटन भएपछि भने पुरुष फुटबलका खेलहरु पोखरा रंगशालमै खेलाउने उनले बताए ।

महिला फुटबलको भने सबै खेलहरु वालिङमा खेलाउने उनले बताए । महिला फुटबलको हकमा भने स्याङ्जा वालिङस्थित फुटबल मैदान, पोखरा पिएन क्याम्पसको मैदान र पोदरा रंगशालालाई विकल्पमा राखिएको थियो । ‘स्याङ्जा कि पोखरामै खेलाउने भन्ने थियो । अहिले वालिङमै खेलाउने फाइनल भइसक्यो,’ उनले भने ।

पुरुष फुटबलमा सात प्रदेश तीन विभागीय र एनआरएनएसहित सबै ११ टिमको सहभागिता छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

महिला फुटबलमा सात प्रदेश र तीन विभाग गरी १० टिमको सहभागिता छ भने एनआरएनएको सहभागिता छैन । सहभागी टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?