
२७ असोज, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडकाबीच भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेश माथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको थिए । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी छिन् भने सुदूरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले ।
महिला भलिबलमा सात प्रदेश ३ विभागीय नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका टीमका खेलाडीहरूको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4