+
+

मधेशमा सत्ता गठबन्धन दलका मन्त्री हटाउने तयारी

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज २७ गते २०:१६

२७ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषदमा नेताहरुलाई हटाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुलाई हटाउने तयारी गरेका हुन् ।

मधेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहले मन्त्री हटाउने विषयमा छलफल भइरहेको बताए ।

‘अहिले निर्णय नै भइसकेको छैन । पाँच दलीय गठबन्धनका मन्त्रीहरुलाई हटाउने विषयमा छलफल भइरहेको छ’ उनले अनलाइनखबरसंग भने । प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवदीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।

कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसंग गठबन्धन गरेको छ । त्यसै कारण प्रधानमन्त्री देउवाले  संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गरेका छन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?