+
+
Shares

मधेशका वनमन्त्रीको राजीनामा माग्दै वनजंगल संरक्षण अभियानले बुझायो ज्ञापनपत्र

अभियानका संयोजक सुनिल यादवले वनमन्त्री त्रिभुवन साहको राजीनामा सहितको तीन सूत्रीय माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजन नेपाल मार्फत सरकारलाई ज्ञानपत्र बुझाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १८:१४

२१ वैशाख, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले वनमन्त्रीको राजीनामा माग्दै मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानका संयोजक सुनिल यादवले वनमन्त्री त्रिभुवन साहको राजीनामा सहितको तीन सूत्रीय माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव राजन नेपाल मार्फत सरकारलाई ज्ञानपत्र बुझाएका हुन् ।

चुरे संरक्षणमा असफल भएका वनमन्त्री त्रिभुवन साहको राजीनामा र सचिव उद्धव घिमिरेको प्रदेशबाट बिदाइ गर्नुपर्ने, तस्करसँग मिलेमतोमा वन फडानी गरिरहेको भन्दै रौतहटका डिभिजन प्रमुख हेमन्त साहलाई तत्काल प्रदेशमा झिकाइ हालसम्मका कार्यहरूको स्पष्टीकरण माग गर्न र गैंडाटारको वन फडानीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अभियानको छ ।

यस्तै चुरे क्षेत्र, खोला, नदी, नालामा भइरहेको अवैध उत्खनन, वन फडानी, चोरी निकासी तथा अतिक्रमण तत्काल रोक्न कडाइका साथ कार्यान्वयन गर्न अभियानले माग गरेको छ ।

अभियानका संयोजक यादवले रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त साहसहित केही वन कर्मचारी र तस्करबीचको मिलेमतोमा चुरे क्षेत्रको अवैध दोहन भइरहेको आरोप समेत लगाएका छन् ।

मागहरू कार्यान्वयन नभए आन्दोलन थाल्ने अभियानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?