
२७ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार भएको पुरुष फुटबलको दोस्रो खेलमा बागमती प्रदेश विजयी भएको छ । बागमतीले मधेश प्रदेशलाई २–० गोल अन्तरले हराएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि बागमतीले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो ।
बागमतीका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे ।
खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतीका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतिलाई निकै दबाबमा राखे पनि गोल गर्न नसक्दा हार व्यहोरेको हो ।
बिहीबारको पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4