
२७ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल शुक्रबारदेखि हुँदैछ ।
पोखरा रंगशालाको बास्केटबल कोर्टमा शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । लुम्बीनी प्रदेशले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र कर्णाली प्रदेशबीच हुनेछ ।
पुरुष बास्केटबलमा ७ प्रदेश र तीन विभाग गरी १० टिमले सहभागिता जनाउँदैछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने बास्केटबल सघं कास्कीका अध्यक्ष ध्वज गुरुङले जानकारी दिए । उनले पुरुष बास्केटबल खेलको सम्पुर्ण तयारी पुरा भएको र पहिलो खेल शुक्रबार विहान ७ बजेबाट सरु हुने बताए ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ भने दैनिक चार खेल सञ्चालन हुने छन् । पुरुष बास्केटबलको फाइनल खेल कात्तिक ३ गते हुनेछ । यसैगरी महिला बास्केटबल भने शुक्रबारदेखि तनहुमा सुरु हुँदै छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फ बागमती प्रदेशलाई हराउँदै नेपाल आर्मी बिजेता बनेको थियो ।
बास्केटबलको महिलातर्फ उद्घाटन खेलमा आर्मी र मधेश प्रदेशबीच हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4