
२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावी घोषणापत्र तयार पार्न गठन गरेको कार्यदलले मस्यौदा टुंग्याएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको कार्यदलको बिहीबार बसेको बैठकमा घोषणा पत्र मस्यौदामाथि छलफल भएको थियो ।
बैठकमा घोषणा पत्र निर्माण कार्यदलका सदस्य डिपी ढकालले घोषणा पत्रको मस्यौदाबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनकारी गराएका थिए ।
‘अध्यक्षको उपस्थितिमा केही नीतिगत कुराहरुमा सामान्य छलफल भयो,’ उनले भने, ‘हामीले अध्यक्षलाई घोषणा पत्रको मस्यौदाबारे बिफ्रिङ गरेर बुझाइदियौं ।’
उक्त मस्यौदालाई पार्टीको पदाधिकारी बैठकमा छलफल गरी अनुमोदन गरेपछि प्रकाशन गरिने ढकालले जानकारी दिए ।
समाजवाद उन्मुख अर्थ राजनीतिको व्याख्या
ढकालका अनुसार घोषणापत्रमा समावेश गर्न १० वटा नाराहरु तय गरिएको छ । तीमध्य कुनै एउटालाई मुख्य नारा बनाइने उनले बताए ।
माओवादी केन्द्रको घोषणापत्रमा समाजवाद उन्मुख अर्थ राजनीतिको आधारबारे व्याख्या गरिएको छ ।
कृषिको यान्त्रिकरण र वैज्ञानिकरण, तीब्र रोजगार वृद्धि लगायतलाई घोषणा पत्रमा मुख्य प्राथमिकता दिइएको ढकालले जानकारी दिए ।
प्रतिक्रिया 4