+
+

धितोपत्र बोर्डले माग्यो दुई दर्जन कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १२:१३

२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो ।

अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको हुनुपर्ने गरी तोकिएको छ । महिलाको हकमा भने ४० वर्ष पुरा भएको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रशासन सेवामा निर्देशक पदमा एक खुला र एक आदिवासी जनजाती समुहमा आवेदन माग भएको छ ।

कानूनमा एक जना निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । सहायक निर्देशक पदमा ५ जना खुला आवेदन माग गरिएको छ । अधिकांश पदमा शैक्षिक योग्यता व्यवस्थापन तथा सम्बन्धित विषयमा स्नातकोत्तकर गरेको हुनुपर्ने गरी शेैक्षिक योग्यता तोकिएको छ ।

कात्तिक १७ सम्म दरखास्त दिन सकिने छ । दोब्बर दस्तुर तिरे २४ गतेसम्म दिन सकिने छ । आवेदन शुल्क अधिकृत द्धितीयलाई २५ सय, अधिकृत तृतीयलाई २ हजार र सहायक प्रथमलाई १ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?