+
+
चाडपर्वमा छुटको अफर :

वासिङ मेसिनदेखि फ्रिजसम्म : कुन ब्रान्डमा कति छुट ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असोज २८ गते १३:१७

काठमाडौं । चाडपर्वको समय पारेर धेरैजसोले घरमा नयाँ नयाँ सरसामान जोड्ने गर्छन् । उपभोक्ताको यही प्रवृत्तिलाई बुझेर विभिन्न कम्पनीले आफ्नो उत्पादनमा विशेष छुट अफर ल्याउने गरेका छन् ।

खासगरी घर तथा भान्सामा प्रयोग हुने सामग्रीहरु खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हुन्छ । सामसुङदेखि भिडियोकनसम्मका कम्पनीले घरायसी सामग्रीमा के-कति छुट दिएका छन् त ?

सामसुङ :

सामसुङले दशैं, तिहार र छठको अवसरमा होम अप्लाइन्सेसको खरिदमा भारी रकम छुटको व्यवस्था गरेको छ । सामसुङले वासिङ मेसिन, फ्रिज, माइक्रोओभन लगायतमा छुटको अफर ल्याएको छ ।

फ्रिज

सामसुङले फ्रिजमा कम्तीमा ५ हजारदेखि बढीमा ४२ हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ ।

सिंगल डोर १९२ लिटर फ्रिजको मूल्य ३४ हजार ९०० रुपैयाँ हो भने छुटपछिको मूल्य २९ हजार ५०० रुपैयाँ हुन आउँछ । ट्विन कुलिङ प्लस ४१५ लिटरका साथमा शीर्ष फ्रिजरको मूल्य  १ हजार ४७ हजार ९९० रुपैयाँ छुटपछिको मूल्य १ हजार १० हजार ७५० रुपैयाँ हो ।

वासिङ मेसिन

सामसुङको वासिङ मेसिनमा पनि नगद छुटको व्यवस्था छ । वासिङ मेसिनमा ३ हजारदेखि २९ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

फ्रन्ट लोडिङ वासिङ मेसिन एआई कन्ट्रोल स्मार्ट थिङ्स कनेक्टिभिटीसँग, १२ किलो क्षमताको मूल्य १ हजार ६५ हजार ९९० रुपैयाँ छुटपछिको मूल्य १ हजार ३७ हजार रुपैयाँ तोकिएको छ ।

डबल स्मार्ट पल्सेटरको साथमा ट्विन वासर, साढे ७ किलोको मूल्य २५ हजार ९९० रुपैयाँ छुटपछिको मूल्य २३ हजार हुन्छ ।

माइक्रोओभन

माइक्रोओभनमा ३ हजारदेखि ७ हजार रुपैयाँसम्म कम्पनीहरुले छुटको व्यवस्था गरेका छन् । ३२ लिटरको माइक्रोओभनको बजार मूल्य ४६ हजार ६९० रुपैयाँ छ र छुटपछिको मूल्य ३९ हजार ६०० रुपैयाँ पर्छ ।

२३ लिटरको बजार मूल्य ३३ हजार ९९० रुपैयाँ हो भने छुटपछिको मूल्य २८ हजार ९०० रुपैयाँ हुन आउँछ ।

एलजी :

एलजीले चाडबाडको अवसर पारेर होम एलजीको विभिन्न होम अप्लायन्सहरुको खरिदमा नगद छुट, उपहार र क्यास ब्याक अफरको व्यवस्था गरेको छ । प्रायः सबै होम अप्लायन्सहरुमा १४ देखि १६ प्रतिशत नगद छुटको व्यवस्था गरेको छ । वासिङ मेसिन, फ्रिज, माइक्रोओभन, भ्याक्युम क्लिनर लगायतको सामानमा दिइएको छुटको अफर छठपर्वसम्म रहने कम्पनीले जनाएको छ ।

फ्रिज

एलजीको फ्रिज खरिदमा १४ प्रतिशतसम्म नगद छुट र ग्यास चुलो उपहार क्यास ब्याकको पनि व्यवस्था गरिएको छ ।

२६० लिटर रेफ्रिजेटरको बजार मूल्य ६४ हजार ९० रुपैयाँ हो भने छुटपछिको मूल्य ५५ हजार ७९० रुपैयाँ हो ।

माइक्रोवेभ

एलजीले माइक्रोवेभमा पनि १४ प्रतिशत नगद छुटको व्यवस्था गरेको छ । साथै माइक्रोवेभमा प्रयोग हुने भाँडा उपहार दिइनेछ ।

माइक्रोवेभ ३२ लिटरको मूल्य ४५ हजार ६०० रुपैयाँ हो भने छुटपछिको ३९ हजार २९० रुपैयाँ पर्न आउँछ ।

वासिङ मेसिन 

अन्य होम अप्लाइन्सेसमा जस्तो वासिङ मेसिनमा पनि एलजीले १४ प्रतिशत नगद छुट र हिटर वा इन्डक्सन चुल्हो उपहारको व्यवस्था समेत गरेको छ ।

एलजीको १२ केजीको फ्रन्ट लोडिङ वासिङ मेसिन, वासर तथा ड्रायरको मूल्य २ लाख ३४ हजार ९९० रुपैयाँ हो भने छुटपछिको २ लाख २ हजार ९० रुपैयाँ पर्नेछ ।

भ्याक्युम क्लिनर

भ्याक्युम क्लिनरमा एलजीले १६ प्रतिशत नगद छुटको व्यवस्था गरेको छ । २०० वाटको भ्याक्युम क्लिनरको मूल्य २९ हजार रुपैयाँ हो भने छुटपछिको मूल्य २५ हजार १९० रुपैयाँ रहेको छ ।

भिडियोकन :

भिडियोकनले पनि दशैं, तिहार तथा छठलाई लक्षित गरेर १० देखि १५ प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएको छ । भिडियोकनको प्रायः सबै होम अप्लाइन्सहरुको खरिदमा ग्राहकले १५ प्रतिशत क्यास ब्याक दिने व्यवस्था गरेको छ ।

फ्रिज

भिडियोकन १९० लिटर सिंगल डोर रेफ्रिजेटरको बजार मूल्य २४ हजार ९०० रुपैयाँ हो भने क्यास ब्याकपछि २३ हजार रुपैयाँ पर्छ ।

वासिङ मेसिन 

भिडियोकन १० किलोग्राम डाइरेक्ट ड्राइभ इन्भर्टर फ्रन्ट लोडिङ वासिङ मेसिनको बजार मूल्य ६९ हजार ९९९ रुपैयाँ पर्नेमा १५ प्रतिशत क्यास ब्याकपछि ५९ हजार ५०० रुपैयाँ पर्न जान्छ ।

भ्याक्युम क्लिनर

भ्याक्युम क्लिनरमा पनि भिडियोकनले १५ प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । बजार मूल्य ११ हजार ५०० रुपैयाँ भएको भ्याक्युम क्लिनरको अफरपछिको मूल्य १३ हजार ५०० रुपैयाँ पर्छ ।

बाल्ट्रा :

बाल्ट्राको कुनै पनि सामान किन्दा लक्की ड्र मार्फत हरेक हप्ता पाँच जनाले उपहार जित्न सक्नेछन् । जसमा इन्डक्सन ‘कुकिङ सेट’, इन्डक्सन, प्रेसर कुकर र कराहीका साथै बम्परमा पाँच जनालाई १-१ तोला सुन जित्ने मौकाको अफर ल्याएको छ ।

भाटभटेनीबाट बाल्ट्राको सामान किन्ने ग्राहकमध्ये एक जना लक्की कस्टुमरले ७ दिन ८ रातको युरोपको तीनवटा देश घुम्ने मौका पाउनेछन् । यो योजना भदौदेखि कात्तिक १४ गतेसम्म लागु हुनेछ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?