+
+

नेपालमा विदेशी लगानीको न्यूनतम सीमा २ करोडमा झारियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:३२

२८ असोज, काठमाडौं । सरकारले नेपालमा प्रत्यक्ष विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । यसअघि ५ करोड रुपैयाँ रहेको सीमा २ करोडमा झार्ने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा विदेशी लगानीको अधिकतम सीमा भने तोकिएको छैन ।

सरकारको पछिल्लो निर्णयले साना तथा मझौला उद्योगमा समेत अब विदेशी लगानी भित्राउन सम्भव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?