२९ असोज, कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पूर्वी नवलपरासीमा सुरु भएको सेपाकताक्रोमा नेपाली सेनाले विजयी सुरुवात गरेको छ ।
नेपाली सेना सेनाले पुरुष डबलमा प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो । सेनाले पहिलो सेट २१–१२ र दोश्रो सेटमा २१–१७ ले हरायो ।
महिला र पुरुषको फरक फरक ३ वटा विधामा हुने सेपाकताक्रो खेलमा प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका टिमले भाग लिएका छन ।
प्रतिक्रिया 4