+
+

राष्ट्रपतिको आपराधिक समूहविरुद्ध ‘युद्ध’मा ५५ हजार बढी गिरोहका सदस्य पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १३:३८

२९ असोज, सान साल्भाडोर । राष्ट्रपति नायब बुकेले सात महिना अघि आपराधिक समूहहरू विरुद्ध ‘युद्ध’ घोषणा गरेदेखि हालसम्म एल साल्भाडोरमा प्रहरीले ५५,००० भन्दा बढी कथित गिरोहका सदस्यहरूलाई पक्राउ गरेको छ ।

सरकारले वारेन्ट बिना नै त्यस्ता संदिग्धहरूलाई पक्राउ गर्न आपतकालीन अधिकार दिएको गत मार्चदेखि अहिलेसम्म गिरोहका ५५, ००० भन्दा बढी पक्राउ गरिएको मन्त्री गुस्ताभो भिल्लाटोरोले बताएका छन् । कुल ६५ लाख जनसङ्ख्या रहेको देशमा विद्रोही गिरोहका सदस्यहरू पक्राउ पर्ने क्रम बढ्दो छ ।

‘हामीले (संगठित अपराध विरुद्ध) युद्ध जित्दैछौं र यी आतङ्ककारीहरूलाई पक्राउ गर्न हरेक दिन हजारौं प्रहरी र सिपाहीहरू तैनाथ गरिरहनेछौं,’ भिल्लाटोरोले उल्लेख गरेका छन् ।

प्रहरी र सैन्य बलहरूले १, ६४४ थान बन्दुक, २,०२६ सवारी साधन, १२,८४२ सेल फोन र १२ लाख मिलियन डलर बरामद गरेको बताइएको छ ।

कैदीहरूको बढ्दो सङ्ख्यालाऐ लक्ष्यित गर्दै साल्भाडोरका न्यायिक अधिकारीहरूले देशको मध्यभागमा रहेको ग्रामीण क्षेत्र टेकोलुकामा ४०, ००० अट्न सक्ने क्षमताको जेल निर्माण गरिरहेका छन् । उक्त डिटेन्सन सेन्टर यस वर्षको अन्त्यसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?