+
+

भक्तपुरमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १२:२५

३० असोज, काठमाडौं । भक्तपुरको बाहाखा भीमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

शनिबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट घर भई काठमाडौं कपन बस्ने ३१ वर्षीय दिपेन्द्र पण्डितको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार मध्यपुरठिमी नगरपालिका-६ को भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल ठोक्किँदा पण्डित घाइट्टे भएका थिए ।

घाइते पण्डितलाई कोरियन अस्पताल ठिमीमा प्रारम्भिक थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर लगिएकोमा उपचारका क्रममा आइतबार बिहान करिब ६ बजे मृत्यु भएको पाण्डेले जानकारी दिए । ठक्कर दिने ट्याक्सीका चालक सुन्दर गोर्खालीलाई प्रहरीले पक्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?