+
+

पोखरीमा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १८:०३

३० असोज, बुटवल । पाल्पाको तानसेनमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–६ का शेषकान्त पराजुलीका १२ वर्षका छोरा सुजल पराजुलीको मृत्यु भएको हो ।

तानसेन–२ स्थित नारायणस्थान पोखरीमा आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका पराजुलीलाई उद्धार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?