+
+

‘बाबरी २’ बन्ने संकेत गर्दै अस्ट्रेलिया उडे धीरज र अदिती

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १८:०६
मेलबर्न विमानस्थलमा अदिती र धीरज

काठमाडौं । ‘बाबरी’ले पहिलो अन्तर्राष्ट्रिय टुर अस्ट्रेलियाबाट थालेको छ । फिल्मका प्रमुख कलाकार धीरज मगर र अदिती बुढाथोकी मेलबर्नतर्फ प्रस्थान गरेका छन् ।

घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेको रोमान्टिक ड्रामाको अबको व्यावसायिक आशा डायस्पोरामा निर्भर हुनेछ । नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजार अस्ट्रेलियाबाट फिल्मलाई राम्रै व्यावसायिक फाइदा हुने अपेक्षा छ ।

अस्ट्रेलियाली सहरपछि ‘बाबरी’ टोली हङकङतर्फ जानेछ । शनिबार राति अस्ट्रेलियातर्फ प्रस्थान गर्दैगर्दा धीरज र अदिती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग गफिए ।

क्याजुअल पहिरनमा भेटिएका दुवै जनाले अस्ट्रेलियाली फ्यानसँग फिल्म हेर्न आफूहरु आतुर रहेको बताए । ‘हामी पहिलो टुरको लागि अस्ट्रेलियातिर उडेका छौं । फ्यानसँग फिल्म हेर्न आतुर छौं,’ धीरजले भने ।

‘हामी दुवैका लागि यो सेकेन्ड प्रोजेक्ट हो । दर्शकले कसरी लिनुहुन्छ भन्ने डर थियो । तर दर्शकको माया पाउँदा खुसी छौं । आशा गरेभन्दा धेरै नै माया पायौं,’ धीरजले भने ।

अदितीले पनि दर्शकले ‘बाबरी २’ हेर्न चाहेको भन्दै यसको सिक्वेल बन्नेतर्फ लागेको स्पष्ट संकेत गरिन् । धीरजले पनि दर्शकले ‘बाबरी २’ हेर्न माग गरेको भन्दै आफूहरु ‘मोटिभेटेड’ भएको बताए ।

धीरज र अदितीको यो एयरपोर्ट स्टेमेन्टले ‘बाबरी’को दोस्रो श्रृंखला निर्माण हुने स्पष्ट संकेत गर्छ ।

अदितीको होम प्रोडक्सनबाट बन्न लागेको एक अनटाइटल फिल्म नै ‘बाबरी २’मा रुपान्तरण हुने हो कि भन्ने आशंकामा बल मिलेको छ । किनभने यो फिल्ममा पनि अदिती र धीरजलाई ‘कास्ट’ गर्ने औपचारिक जानकारी निर्मात्री पुष्पलता बुढाथोकीले यसअघि दिइसकेकी छन् । तर नयाँ प्रोजेक्ट कहिलेदेखि सुरु हुन्छ भन्ने यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?