३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी टेबुल टेनिस प्रतियोगितामा मिक्स डबल ईभेन्टमा नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ ।
पोखराको कोल्मा बहाकोट तमु समाजमा भएको खेलमा मिक्स डबल ईभेन्टमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले गोल्ड मेडल हात पारेको हो ।
मिक्स डबल ईभेन्टमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ११–७, ५–११, ८–११, ११–५,९–११ को सेटमा पराजित गरेको हो ।
मिक्स डबल ईभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक तथा एनआरएनए र गण्डकी प्रदेशले कांस्य पदक हात पारेका छन् ।
यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिसलाई ११–९, ८–११, ११–९, ९–११, ७–११ को सेटमा हराएर स्वर्ण जित्यो ।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लवले रजत पदक तथा बागमती प्रदेश र नेपाल पुलिस क्लवले कांस्य पदक जिते ।
यसैबीच आइतबार नै सम्पन्न मेन्स डबल ईभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल सोमबार हुने छ ।
प्रतिक्रिया 4