+
+
कविता :

सत्यमोहन : इतिहास दिएर गए

शान्तिदीप रायमाझी शान्तिदीप रायमाझी
२०७९ असोज ३१ गते १२:०९

उनी

बिरामी थिए

अस्पतालमा थिए

लाग्थ्यो उनी फेरि तङ्ग्रिनेछन्

उठ्नेछन्

बोल्नेछन्

हिंड्नेछन् पहिले पहिले झैं

तर

यस पटक

पहिले जस्तो भएन

धोका भयो

सोचे भन्दा अन्य भयो

पाटन शून्य भयो

दरबार स्क्वायर शून्य भयो

सदा बिरामी हुँदा समेत

बेडमा ढल्किंदा समेत

उनको  हातमा पुस्तक देखिन्थे

पाना पल्टिरहन्थे

पढिरहन्थे उनी

तर

अब पान्ना पल्टिने छैनन् किताबका

शब्दहरूले उनलाई खोजिरहनेछन्

वाक्य, अनुच्छेद र पाठले एउटा पाठक खोजिरहनेछन्

तर पाउने छैनन्

अब

उनी आफैं थुप्रै किताब बन्नेछन्

कथा, कविता, नाटक, निबन्ध बन्नेछन्

पढिनेछन्

जीवित हुनेछन्

सबैका मन मस्तिष्कमा

सास थियो

साहस थियो

जिउँदो इतिहास थियो

हिजोको दिनले त्यो खोस्यो

आजले उनलाई खोज्यो

पाएन र त्यो रोयो

समयलाई फकाउँदा फकाउँदै

थकाउँदा थकाउँदै

थाकेनन् उनी

समय थकाए

शताब्दी बिताए

र निर्धक्कसँग गए

 

बाँचुञ्जेल

ज्यानले प्राण साँचुञ्जेल

अध्ययनरत् रहे

अनवरत साधनारत् रहे

भाषा, साहित्य, कला संस्कृतिका

बेजोड कृति जोडे

इतिहास दिए

छोडेर गए

इतिहास भए

एक अमर इतिहास

जीवन्त इतिहास

अनन्त इतिहास

शान्त इतिहास

सत्य इतिहास ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?