+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १२:३८

३१ असोज, काठमाडौं । असोज महिनाको अन्तिम दिन सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय र तेजावी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १ सय र तेजावी सुन ९२ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

आइतबार जस्तै सोमबार चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १ हजार १६० रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?