
३१ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा नेपाल आर्मी विजयी भएको छ ।
पोखरा रगंशालामा आज सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ए तर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको छ ।
आर्मीलाई जिताउन आयुश सिंहले सर्वाधिक ३२ स्कोर गरेका थिए ।
समूह ए तर्फको दोस्रो खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले २२ स्कोर गरे ।
‘थ्री अन थ्री’ खेलतर्फ समूह एमा एपीएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको छ भने दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–०७ स्कोरले पराजित गरेको छ ।
त्यस्तै आज नै सम्पन्न समूह बि तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–०३ स्कोरले पराजित गरेको छ ।
दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4