+
+

बागमतीलाई हराउँदै पुलिस महिला क्रिकेटको स्वर्ण नजिक, फाइनलमा दुई विभागीय टिम भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १८:५२

३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सोमबार भएको दोस्रो सेमिफाइलनमा बागमतीलाई ३६ रनले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाएको हो । पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८७ रनमा सिमित भएको हो ।

बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २३ रन बनाएकी हुन् । कप्तान अस्मिना कर्मचार्यले १८ रन बनाइन् । आरती बिडारी ११ रनमा र कृष्मा गुरुङ शून्यमा अविजजित रहिन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि कविता कुँवरले सर्वाधिक ३ विकेट लिइन् । अर्की बलर इश्वरी विष्टले २ विकेट लिइन् भने, कप्तान रुविना क्षेत्री र संगिता राईले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसका लागि ओपनर विकेट किपरब्याटर काजल श्रेष्ठले ५१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाइन् । अर्की ओपनर कविता कुँवर ३५ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भइन् ।

हिलो विकेटका लागि कविता र काजलले १२.४ ओभरमा ७० रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्दै पुलिसलाई बलियो सुरुवाता दिलाएका हुन् ।

अप्सरी बेगम ११ बल खेल्दै ६ रनमा आउट भएकी थिइन् । कविता जोशी ९ बलमा १ छक्कासहित १५ रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री १४ बलमा २ चौकासहित १७ रनमा अविजित रहिन् ।

बाग्मतीको लागि खुशी डंगोल, सुमन खतिवडा र अश्मिना कर्माचार्यले एक एक विकेट लिइन् । पुलिसले स्वर्णको लागि मंगलबार अर्को विभागीय टोली एपिएफसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?