+
+

अपूर्व क्षितिज पुन: पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते २१:४७

३१ असोज, काठमाडौं । प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई फेरि नियन्त्रणमा लिएको छ । नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यंय गरेको भन्दै उजुरी परेपछि प्रहरीले अपूर्वलाई नियन्त्रणमा लिएको थियो ।

यसको चौतर्फी आलोचना भएको र उनलाई कोरोना संक्रमण पनि भएपछि सरकारी वकिलले उनलाई साधारण तारेखमा छाडेका थिए । अहिले मुद्दाको अनुसन्धान सकिएपछि अदालतमा पेश गर्नुअघि प्रहरीले अपूर्वलाई पुन: हिरासतमा लिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले पनि अपूर्वलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । भोलि सार्वजनिक विदा भएकाले उनलाई पर्सि बुधबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?