+
+

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १३:०२
बलिउड निर्देशक सन्दीप रेड्डी भांगासँग विपिन कार्की । फाइल तस्वीर

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।

त्यसतर्फ प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै विपिनले २८ दिने छायांकन सेड्युल रहेको जानकारी दिए । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् ।

‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिनले बताए ।

‘म आफ्नो तर्फबाट मेन्टल्ली रेडी छु । मेरो करिअरका लागि पनि यो महत्वपूर्ण हुनेवाला छ,’ विपिनले भने । ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने फिल्ममा विपिन पनि खलपात्रमध्येकै एक चरित्रमा देखिंदैछन् ।

फिल्ममा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना लगायतको प्रमुख भूमिका छ । आईएमडीबीका अनुसार यो फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?