
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् ।
स्याङ्जाको वालिङमा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । खेलको १९ औं मिनेटमा निर्मला विकले दोस्रो गोल गर्दे पुलिसको लागि गोल संख्या दोब्बर बनाएकी थिइन् । खेलको ८० औं मिनेटमा निर्मला उपाध्यले गोल गरिन् ।
यस्तै मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गर्दै पुलिससँग भेट पक्का गरेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ५६औं मिनेटमा गोल गरिन् । फाइनल खेल बिहीबार बिहान हुने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4