+
+

नयाँ संसदमा आधा निवर्तमान सांसद नदेखिने पक्का

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० प्रतिनिधिसभा सदस्य चुनिन्छन् । यी दुवै निर्वाचन प्रणालीमार्फत २०७४ मा भएको चुनावबाट निर्वाचित भएका २७५ मध्ये यसपटक १२८ जना सांसद दुवै निर्वाचन प्रणालीतर्फ उम्मेदवार छैनन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ कात्तिक १ गते १९:२२

१ कात्तिक, काठमाडौं । निवर्तमान प्रतिनिधिसभा सदस्यमध्ये आधा आगामी प्रतिनिधिसभामा देखिने छैनन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ११० प्रतिनिधिसभा सदस्य चुनिन्छन् । यी दुवै निर्वाचन प्रणालीमार्फत २०७४ मा भएको चुनावबाट निर्वाचित भएका २७५ मध्ये यसपटक १२७ जना सांसद दुबै निर्वाचन प्रणालीतर्फ उम्मेदवार छैनन् । अर्थात, ४६.१ प्रतिशत निवर्तमान प्रतिनिधिसभा सदस्य यस पटक उम्मेदवार नै छैनन् ।

१४८ अर्थात, ५३.८ प्रतिशत निवर्तमान प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तर्फ पुनः उम्मेदवार छन् । पुनः उम्मेदवार भएका कतिपय निवर्तमान सांसदहरु एउटै निर्वाचन क्षेत्रबाट समेत प्रतिस्पर्धामा रहेकाले आधा निवर्तमान प्रतिनिधिसभा सदस्य ४ मंसिर २०७९ पछिको प्रतिनिधिसभामा नदेखिने पक्का छ ।

२०७४ को चुनावी नतिजामा नेकपा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ समेत गरी १२१ सांसद जितेको थियो । एमाले विभाजन भएर नेकपा भएपछि एमालेमा ९८ जना सांसद रहे भने २३ जनाले नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) रोजे ।

निवर्तमान प्रतिनिधिसभामा नेपाली कांग्रेसका ६३ सांसद थिए । २०७४ मा नेकपा माओवादी केन्द्रका तर्फबाट ५३ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । (पछि ४ जना सांसद एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र ४९ सांसदमा खुम्चियो ।) निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा जनता समाजवादी पार्टी (जसपा) का २०, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा र स्वतन्त्र एक/एक निवर्तमान सांसद थिए ।

नेकपा एमालेका निवर्तमान ९८ सांसदमध्ये ३९ जना उम्मेदवार छैनन् । तीन जना निवर्तमान संघीय सांसद प्रदेश सभा सदस्यमा उम्मेदवार छन् ।

बाँकी ५६ जना मध्ये ४ जना एमाले छाडेर अर्को पार्टीबाट उम्मेदवार भएका छन् । एमाले छाडेका घनश्याम भूसाल स्वतन्त्र उम्मेदवार छन् । गंगा चौधरीले एमाले छाडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् । एमालेकै निवर्तमान सांसद सोमप्रसाद पाण्डेय नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार छन् ।

२०७४ मा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचित हृदयेश त्रिपाठी यसपटक आफ्नै पार्टी (जनता प्रगतिशील पार्टीं) बाट उम्मेदवार छन् । ५१ जना एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्यहरु एमालेबाटै पुनः प्रतिनिधिसभामा उम्मेदवार छन् । एमालेका दुई निवर्तमान प्रतिनिधिसभा सदस्य (खगराज अधिकारी र केदार सिग्देल) ले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

२०७४ मा प्रत्यक्षतर्फबाट चुनाव जितेका एमालेका निवर्तमान सांसदहरु पवित्रा निरौला खरेल, जयकुमार राई, पार्वत गुरुङ, गणेशकुमार पहाडी, कृष्णप्रसाद दहाल, जगतबहादुर विश्वकर्मा (सुनार), भुपेन्द्रबहादुर थापा, दलबहादुर राना, नन्दलाल रोका क्षेत्री, राजबहादुर बुढाक्षेत्री, नवराज रावत, लालबहादुर थापा, भैरवबहादुर सिंह यसपटक प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् ।

२०७४ मा समानुपातिक तर्फबाट चुनाव जितेका एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्यहरु थममाया थापा, कुमारी तुल्सी थापा, मोहन बानियाँ, राधाकुमारी ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैना कुमारी भण्डारी, तीर्था गौतम, शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, विना कुमारी श्रेष्ठ, नविना लामा, शान्तिमाया तामाङ पाख्रिन, कुमारी मेचे, विमला विश्वकर्मा, विमला विक, सानु शिवा, आशाकुमारी विक, मोतीलाल दुगड, सरिताकुमारी गिरी, रेखा कुमारी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् ।

नेकपा एमालेका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१.ईश्वर पोखरेल

२.कृष्णगोपाल श्रेष्ठ

३.कृष्णबहादुर राई

४.कृष्णभक्त पोख्रेल

५.केपी शर्मा ओली

६.खेमप्रसाद लोहनी

७.गणेशसिंह ठगुन्ना

८.गोकर्णराज विष्ट

९. गोकुलप्रसाद बास्कोटा

१०.गंगा चौधरी (हाम्रो नेपाली पार्टीबाट उम्मेदवार)

११.रामवीर मानन्धर (स्वतन्त्र) उम्मेदवार)

१२.घनश्याम खतिवडा

१३.घनश्याम भुसाल (स्वतन्त्रबाट उम्मेदवार)

१४.छविलाल विश्वकर्मा

१५.जुलीकुमारी महतो

१६.झपटबहादुर रावल

१७. तीलबहादुर महत क्षेत्री

१८.दामोदर भण्डारी

१९.ध्रुवकुमार शाही

२०.नरबहादुर धामी

२१.नवराज सिलवाल

२२.नारदमुनि राना

२३.नारायणप्रसाद खतिवडा

२४.नारायणप्रसाद मरासिनी

२५.निरुदेवी पाल

२६.पदम गिरी

२७.पद्माकुमारी अर्याल

२८.पोल्देन छोपाङ गुरुङ

२९.प्रदीप कुमार ज्ञवाली

३०.प्रेमप्रसाद तुलाचन

३१. विजय सुव्वा

३२. बृजेशकुमार गुप्ता

३३. भानुभक्त ढकाल

३४. भूमिप्रसाद त्रिपाठी

३५. महेश बस्नेत

३६.यज्ञबहादुर बोगटी

३७.यज्ञराज सुनुवार

३८.योगेशकुमार भट्टराई

३९.रघुवीर महासेठ

४०.रवीन्द्रराज शर्मा

४१.विद्या भट्टराई (अधिकारी)

४२.विशाल भट्टराई

४३.विष्णुप्रसाद पौडेल

४४.शान्ता चौधरी

४५.सुरेन्द्रप्रसाद पाण्डे

४६.शेरबहादुर तामाङ

४७.सुवासचन्द्र नेम्वाङ्ग

४८.सूर्यप्रसाद पाठक

४९.सोमप्रसाद पाण्डेय (एकीकृत समाजवादीबाट)

५०.हृदयेश त्रिपाठी (जनता प्रगतिशील पार्टींबाट उम्मेदवार)

५१.राजेन्द्रप्रसाद गौतम

५२.लालप्रसाद साँवा लिम्बू

५३.लालबाबु पण्डित

५४.लीलानाथ श्रेष्ठ

५५.बसन्तकुमार नेम्वाङ

५६.राजेन्द्रकुमार राई

१.आशा कुमारी वि.क.

२.कुमारी तुल्सी थापा

३. कुमारी मेचे

४.गणेशकुमार पहाडी

५.गोमा देवकोटा

६.जगतबहादुर सुनार (विश्वकर्मा)

७.जयकुमार राई

८.तीर्था गौतम

९.जानकी देवी राम

१०.सुजिता शाक्य

११.थममाया थापा

१२.दलबहादुर राना

१३.दीपकप्रकाश भट्ट

१४.नन्दलाल रोका क्षेत्री

१५.नविना लामा

१६.नवराज रावत

१७.पवित्रा निरौला खरेल

१८.पार्वत गुरुङ

१९.बिमला बि.क

२०.भीमबहादुर रावल

२१.भुपेन्द्रबहादुर थापा

२२.भैरवबहादुर सिंह

२३.मनकुमारी जिसी.

२४.मायादेवी न्यौपाने

२५.मैनाकुमारी भण्डारी

२६.मोतीलाल दुगड

२७.मोहन बानिया

२८.राजबहादुर बुढाक्षेत्री

२९.राधाकुमारी ज्ञवाली

३०.रेखा कुमारी

३१.लाल बहादुर थापा

३२.विनाकुमारी श्रेष्ठ

३३.विन्दा पाण्डे

३४.विमला विश्वकर्मा

३५.विष्णु शर्मा

३६.शान्तिमाया तामाङ पाख्रिन

३७.डा.शिबमाया तुम्बाहाङ्फे

३८.सरिताकुमारी गिरी

३९.सरिता न्यौपाने

४०.कृष्णप्रसाद दाहाल

४१.केदार सिग्देल (प्रदेश सभा उम्मेदवार)

४२.खगराज अधिकारी (प्रदेश सभा उम्मेदवार)

 

 

नेपाली कांग्रेसका निवर्तमान ६३ प्रतिनिधिसभा सदस्यमध्ये यसपटक ३१ जना उम्मेदवार छैनन् । बाँकी ३२ जना मध्ये २ जनाले पार्टी छाडेर उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि निवर्तमान प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिए ।

कांग्रेस छाडेकी पार्बता डी.सी.(चौधरी) को नाम नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा छ । अर्का निवर्तमान प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा प्रदेश सभामा उम्मेदवार छन् । बाँकी २९ जना कांग्रेसका निवर्तमान प्रतनिधिसभा सदस्य पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् ।

कांग्रेसका निर्वतमान सांसदहरु कर्मा घले, लालकाजी गुरुङ, जिपछिरिङ लामा, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मिना सुब्बा, दिव्यमणि राजभण्डारी, सत्यनारायण शर्मा खनाल, मोहन पाण्डेय, रामबहादुर विष्ट, डिला संग्रौला (पन्त), मीना पाण्डे, उमा रेग्मी, रंगमती शाही, ज्ञानकुमारी छन्त्याल, नमिताकुमारी चौधरी, स्मृतिनारायण चौधरी यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् ।

कांग्रेसकै निवर्तमान सांसदहरु मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, प्रकाश रसाईली (स्नेही), सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली, सीतादेवी यादव, मिनाक्षी झा, अतहर कमाल मुसलमान, सरबत आरा खानम पनि यसपटक उम्मेदवार छैनन् । २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका डा.मीनेन्द्र रिजाल, मोहम्मद आफताब आलम यसपटक प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् । २०७४ मा कांग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदीप गिरिको भर्खरै निधन भएको छ ।

नेपाली कांग्रेसका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१. अभिषेकप्रताप शाह

२. उमाकान्त चौधरी

३. उमेश श्रेष्ठ

४. किशोरसिंह राठौर

५. गगनकुमार थापा

६. चित्रलेखा यादव

७. नागेन्द्र कुमार

८. डा.नारायण खड्का

९.पद्मनारायण चौधरी (थारु)

१०. प्रकाशमान सिंह

११. प्रमोदकुमार यादव

१२. पुष्पा भूसाल (गौतम)

१३. बालकृष्ण खाँण

१४. मोहन आचार्य

१५. राजेन्द्रकुमार के.सी.

१६. विजयकुमार गच्छदार

१७. शशांक कोइराला

१८. शेरबहादुर देउवा

१९. सीताराम महतो

२०. सुजाता कोइराला

२१. सञ्जयकुमार गौतम

२२. ज्ञानेन्द्रबहादुर कार्की

२३. विनोदकुमार चौधरी

२४. विमला नेपाली

२५. भरतकुमार शाह

२६. भीमसेन दास प्रधान

२७. तेजुलाल चौधरी

२८. दिलेन्द्रप्रसाद बडू

२९. देवप्रसाद तिमल्सेना

३०. देवेन्द्रराज कँडेल

३१. अमरेशकुमार सिंह (स्वतन्त्र)

३२. पार्बता डी.सी. चौधरी (नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक)

१.अतहर कमल मुसलमान

२. उमा रेग्मी

३. कर्मा घले

४. जीप छिरिङ लामा

५. डिला संग्रौला (पंत)

६. दिव्यमणि राजभण्डारी

७. नमिता कुमारी चौधरी

८. प्रकाश रसाईली (स्नेही)

९. प्रदिप गिरी (दिवंगत)

१०. प्रमिला राई

११. महेन्द्र कुमारी लिम्बु

१२. मानबहादुर विश्वकर्मा

१३. मीनबहादुर विश्वकर्म

१४. मीना सुब्वा

१५. मोहम्मद आफताब आलम

१६. रगंमती शाही

१७. राम बहादुर बिष्ट

१८. लक्ष्मी परियार

१९. लालकाजी गुरूङ्ग

२०. सत्य नारायण शर्मा खनाल

२१. सरवत आरा खान

२२. सीतादेवी यादव

२३. मीनाक्षी झा

२४. मिनेन्द्र प्रसाद रिजाल

२५. मीना पाण्डे

२६. मोहनप्रसाद पाण्डे

२७. सुजाता परियार

२८. सुवर्ण ज्वारचन

२९. स्मृतिनारायण चौधरी

३०. हिरा गुरूङ

३१. बहादुरसिंह लामा (तामाङ)

माओवादी केन्द्रका निवर्तमान ४९ प्रतिनिधिसभा सदस्यमध्ये यसपटक २६ जना चुनावी प्रतिस्पर्धामा छैनन् । ३ जना संघीय सांसद प्रदेश सभामा उम्मेदवार छन् । बाँकी २० जना प्रतिनिधिसभामै प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार छन् ।

२०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका माओवादीका निवर्तमान सांसदहरु सुरेन्द्र कार्की (राम कार्की), गंगाबहादुर तामाङ, हेमकुमार राई, सुरेशकुमार राई, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, हरिराज अधिकारी, कमला रोका, कृष्णबहादुर महरा, टेकबहादुर बस्नेत, गजेन्द्रबहादुर महत, सुरेशचन्द्र दास, सन्तकुमार थारु यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् ।

समानुपातिकतर्फका निवर्तमान सांसदहरु जयपुरी घर्ती, शशि श्रेष्ठ, यशोदा गुरुङ सुवेदी, चुडामणि खड्का, पूर्णकुमारी सुवेदी, धर्माशीला चापागाई, सत्य पहाडी, ईन्दुकुमारी शर्मा, रामकुमारी चौधरी, दुर्गाकुमारी विश्वकर्मा, बोधमाया कुमारी यादव, दिलकुमारी साह पनि चुनावी प्रतिस्पर्धामा छैनन् । माओवादीका प्रतिनिधिसभाका निवर्तमान सांसदहरु चाँदतारा कुमारी, अमृता थापा र दुर्गबहादुर रावत प्रदेश सभा सदस्यमा उम्मेदवार छन् ।

माओवादी केन्द्रका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१. सुदन किराती

२. अमनलाल मोदी

३. शिवकुमार मण्डल

४. मात्रिकाप्रसाद यादव

५. गिरिराजमणि पोखरेल

६. महेन्द्र राय यादव

७. हितबहादुर तामाङ

८. अञ्जना बिसंखे

९. ओनसरी घर्ती

१०. पम्फा भुसाल

११. पुष्पकमल दाहाल प्रचण्ड

१२. देवप्रसाद गुरूङ

१३. देवेन्द्र पौडेल

१४. चक्रपाणि खनाल

१५. वर्षमान पुन

१६. रेखा शर्मा

१७. महेश्वरजंग गहतराज

१८. शक्तिबहादुर बस्नेत

१९. जनार्दन शर्मा

२०. बीना मगर

१. सुरेन्द्र कार्की (राम कार्की)

२. गंगाबहादुर तामाङ

३. हेमकुमार राई

४. सुरेश कुमार राई

५. श्यामकुमार श्रेष्ठ

६. हरिबोल गजुरेल

७. अग्निप्रसाद सापकोटा

८. हरिराज अधिकारी

९. कमला रोका

१०. सुरेशचन्द्र दास

११. कृष्णबहादुर महरा

१२. टेकबहादुर बस्नेत

१३. गजेन्द्रबहादुर महत

१४. सन्त कुमार थारु

१५. जयपुरी घर्ती

१६. शशी श्रेष्ठ

१७. यशोदा गुरुङ सुवेदी

१८. चुडामणि खड्का

१९. पूर्णकुमारी सुवेदी

२०. धर्माशीला चापागाई

२१. सत्य पहाडी

२२. इन्दुकुमारी शर्मा

२३. रामकुमारी चौधरी

२४. दुर्गा कुमारी विश्वकर्मा

२५. बोधमाया कुमारी यादव

२६. दिल कुमारी

२७. चाँद तारा कुमारी (प्रदेश सभामा उम्मेदवार

२८. अमृता थापा (प्रदेश सभामा उम्मेदवार

२९. दुर्गबहादुर रावत (प्रदेश सभामा उम्मेदवार

२०७४ मा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका लेखराज भट्ट, टोपबहादुर रायमाझी यसपटक एमालेबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार छन् । प्रभु साह प्रतिनिधिसभा सदस्यमै स्वतन्त्र रुपमा उम्मेदवार छन् भने रामबहादुर थापा ‘बादल’ प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् ।

समग्रमा हेर्दा २०७४ मा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक समेत गरी ५३ सिट जितेको थियो । त्यसमध्ये (माओवादीबाटै र अर्को पार्टीबाट समेत गरी) यसपटक २३ जना प्रतिनिधिसभा सदस्यमा पुनः उम्मेदवार छन् । बाँकी दौड भन्दा बाहिर छन् ।

यसैगरी, २०७४ मा नेकपा एमालेबाट जितेका र एमाले विभाजन भएपछि एकीकृत समाजवादी पार्टी रोजेका २३ सांसदमध्ये १३ जना यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् । निवर्तमान प्रतिनिधिसभा सदस्यद्वय कलिला खातुन र गोपालबहादुर बम प्रदेश सभा सदस्यमा उम्मेदवार छन् ।

२०७४ मा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव जितेका भवानी खापुङ र हिराचन्द्र केसी यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् भने समानुपातिकतर्फ चुनाव जितेका मुकुन्द न्यौपाने, कल्याणीकुमारी खड्का, निरादेवी जैरू, सरला यादव, पुष्पाकुमारी कर्ण कायस्थ, समिना हुसेन, पार्वती कुमारी विशुंखे, लक्ष्मी चौधरी, विना बुढाथोकी पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छैनन् ।

नेकपा एकीकृत समाजवादीका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१. जीवनराम श्रेष्ठ

२. कृष्णलाल महर्जन

३. माधवकुमार नेपाल

४. झलनाथ खनाल

५. प्रेमबहादुर आले

६. मेटमणि चौधरी

७. धनबहादुर बुढा

८. रामकुमारी झाँक्री

९. विरोध खतिवडा

१०.कृष्णकुमार श्रेष्ठ

१. भवानी खापुङ

२. हिराचन्द्र केसी

३. मुकुन्द न्यौपाने

४. कल्याणीकुमारी खड्का

५. निरादेवी जैरू

६. सरला यादव

७. लक्ष्मी चौधरी

८. पुष्पाकुमारी कर्ण कायस्थ

९. समिना हुसेन

१०. पार्वती कुमारी विशुंखे

११. विना बुढाथोकी

१२. कलिला खातुन (प्रदेश सभा उम्मेदवार)

१३. गोपालबहादुर बम (प्रदेश सभा उम्मेदवार)

२०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका जनता समाजवादी पार्टी (जसपा) का निवर्तमान सांसद डा. सूर्यनारायण यादव, हरिनारायण रौनियार यसपटक उम्मेदवार छैनन् भने समानुपातिकतर्फ चुनाव जितेका रानी मण्डल, लीलादेवी सिटौला, रेणुकुमारी यादव पनि उम्मेदवार छैनन् ।

जसपाका कतिपय सांसदहरु पार्टी छाडेर पनि उम्मेदवार भएका छन् । जसपाकी निवर्तमान सांसद नरमाया ढकाल पार्टी छाडेर लुम्बिनी प्रदेश सभामा रेशम चौधरीको पार्टी (नागरिक उन्मुक्ति पार्टी)बाट समानुपातिकतर्फ उम्मेदवार छन् ।

जसपा फुटाएर नेसपा गठन गरेका निवर्तमान सांसद बाबुराम भट्टराई पनि चुनावी प्रतिस्पर्धामा छैनन् ।

जसपाका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१. अमृतादेवी अग्रहरी (एमालेबाट समानुपातिक)

२. उपेन्द्र यादव

३. प्रदीप यादव

४. प्रमोद साह

५. महिन्द्र राय यादव (माओवादी चुनाव चिह्नबाट)

६. मोहम्मद इस्तियाक राई

७. राजकिशोर यादव

८. राजेन्द्रप्रसाद श्रेष्ठ

९. रामवावु कुमार यादव

१०. रामसहाय प्रसाद यादव

११. रेनु कुमारी यादव

१२. सुरेन्द्र कुमार यादव

१३. रुही नाज (एमालेबाट समानुपातिक)

१४. रेनुका गुरुङ्ग (राप्रपाबाट समानुपातिक)

१. नरमाया ढकाल (एमालेबाट प्रदेश सभा उम्मेदवार)

२. बाबुराम भट्टराई (जसपाबाट छुट्यिएर नेसपा गठन)

३. रानी मण्डल

४. सूर्यनारायण यादव सुरज’

५. लीला देवी सिटौला गौतम

६. हरिनारायण रौनियार

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका २०७४ मा प्रत्यक्षतर्फ निर्वाचित विमल श्रीवास्तव, चन्द्रकान्त चौधरी र समानुपातिकतर्फबाट निर्वाचित कलुदेवी विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छैनन् ।

लोसपाका निवर्तमान सांसदहरु

पुनः उम्मेदवार बाहिरिएका
१. अनिलकुमार झा

२. महन्थ ठाकुर

३. राजेन्द्र महतो

४. लक्ष्मण लाल कर्ण

५. शरत सिंह भण्डारी

६. उमाशंकर अरगरिया (एमालेबाट)

७. एकवाल मियाँ (एमालेबाट)

८. चन्दा चौधरी (कांग्रेसबाट समानुपातिक)

१.विमल प्रसाद श्रीवास्तव

२.चन्द्रकान्त चौधरी

३.कलु देवी विश्वकर्मा

४.दुलारी देवी खत्वेनी

५.निर्जला राउत

सदभावना पार्टी हुँदै जसपासँग एकीकरण गरेपछि २०७४ मा समानुपातिक सांसद बनेकी सरिता गिरी आफनो अभिव्यक्तिका कारण पार्टीको कारबाहीमा परिन् । यसपटक गिरीले सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

निवर्तमान प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि चुनावी प्रतिस्पर्धामा छैनन् । उनको उम्मेदवारी परेपछि निर्वाचन आयोगले फौजदारी अभियोगमा अदालतबाट मुद्दा फैसला भई कैद भुक्तान गरिरहेको भन्दै उम्मेदवारी खारेज गरिदियो ।

नेपाल मजदुर किसान पार्टीका निवर्तमान सांसद प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाकी निवर्तमान सांसद दुर्गा पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान सांसद राजेन्द्र लिङ्देन यसपटक पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । २०७४ मा स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित छक्कबहादुर लामा यसपटक एमाले प्रवेश गरेर प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

नदोहोर्‍याउने नीतिको प्रभाव

एउटै व्यक्ति समानुपातिक कोटाबाट पटक–पटक सांसद बनेको भनी भएको आलोचना र पार्टी भित्र अवसर पाइएन भन्ने असन्तुष्टिलाई सम्बोधन गर्न यसपटक सबैजसो राजनीतिक दलहरुले समानुपातिकमा नदोहोर्‍याउने नीति लिए ।

कांग्रेसको विधानबाटै समानुपातिकबाट सांसद बनेको व्यक्ति लगत्तै समानुपातिकबाट सांसदको उम्मेदवार हुन रोकेको छ । सोही अनुसार समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सांसद बनेकाहरुलाई पुनः समानुपातिकमा नदोहोर्‍याउने नीति अनुसार उम्मेदवार नै सिफारिस नगर्न उसले परिपत्र नै गरेको थियो । यसो गर्दा नयाँले अवसर पाउने भएकाले पनि समानुपातिकामा नदोहोर्‍याउने निर्णयलाई सकारात्मक ठानिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलहरुले पनि समानुपातिकबाट नयाँलाई अवसर दिने नीति अंगीकार गरे । कतिपयले यसलाई समानुपातिक निर्वाचन प्रणालीमाथि उठेका प्रश्नहरु मथ्थर पार्ने प्रयासका रुपमा पनि लिएका छन् । आगामी चुनावहरुमा पनि यो नीतिलाई दलहरुले निरन्तरता दिन सके समानुपातिक प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने कतिपयको विश्वास छ ।

‘नदोहाेर्‍याउने नीति सकारात्मक छ । यसले सही रुपमा निरन्तरता पाउन सके समानुपातिक प्रणालीको औचित्य र सान्दर्भिकता पुष्टि हुनेछ’, राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘तर, नयाँ अनुहार पनि समानुपातिक प्रतिनिधित्वको मूल भावना अनुरुप नै हुनुपर्छ । नयाँ अनुहारका नाममा आफन्त वा व्यापारीलाई ल्याउने परम्परा पनि दोहोरिनुहुन्न ।’

विभिन्न समुदाय, वर्ग, पिछडिएको क्षेत्रको समानुपातिक रुपमा प्रतिनिधित्व होस् भन्नका लागि समानुपातिक अवधारणा ल्याइएको तर, अभ्यासमा समानुपातिकतर्फको सांसदका योग्यता स्वार्थप्रेरित हुन पुगेको तितो अनुभवलाई अझै दलहरुले छाड्न नसकेको श्रेष्ठको बुझाइ छ ।

‘दलहरुका समानुपातिकतर्फका बन्दसूचीलाई हेर्ने हो भने विज्ञ पाउन शिला खोजे जस्तो खोज्नुपर्छ । यसलाई सुधार गर्नुपर्नेछ’ श्रेष्ठ थप्छन्, ‘प्रत्यक्षमा पनि एउटै व्यक्तिलाई नदोहोर्याउने वा दुई पटकसम्म मात्रै अवसर पाउने कुरालाई अंगीकार नगर्दासम्म समानुपातिकतर्फ मात्रै नदोहोर्‍याउने नीति दोषपूर्ण नै हुन जान्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?