१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।
घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।
दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए ।
यसबारे विस्तृत समाचार –
झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4