+
+

नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते ९:१६
सिग्नेचर ब्रिजको सांकेतिक फोटो

२ कात्तिक, काठमाडौं । चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।

५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल नजिक भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउनेो योजना छ ।

 

नेपालको पर्यटन प्रवर्द्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तै चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइने सडक विभागका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?