+
+
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका दाङ-२ का उम्मेदवार अधिकारीले गरे वाचा पत्र सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते २०:०३

१ कात्तिक दाङ । दाङ-२ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका  उम्मेदवार विशाल अधिकारीले आफ्नो वाचा पत्र सार्वजनिक गरेका छन् । घोराहीमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले २५ बुँदे वाचा पत्र सार्वजनिक गरेका हुन् ।

वाचा पत्रमा उनले सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्रथामिकतामा राखेका छन् ।

अधिकारीले दाङ उपत्यकालाई व्यवस्थित शहरका रुपमा विकास गर्न दाङ उपत्यका विकास प्राधिकरण स्थापना गर्ने बताए । उनले अर्गानिक दाङ, आत्मनिर्भर दाङ, कृषि प्रयोजनका लागि निःशुल्क विद्युत, कृषि संकलन केन्द्र, सिटी बस सञ्चालन, घोराही–लमही सडक मार्ग अन्तर्गत कुइरेपानी–अर्जुन खोला सडकखण्डको बैकल्पिक सडक निर्माण गरिने वाचा पत्रमा उल्लेख गरेका छन् ।

उनले दाङलाई सूचना तथा प्रविधिको हब बनाउने वाचा पत्रमा उल्लेख गरेका छन् । घोषणा पत्र सार्वजनिक गर्दै दाङ भ्यालीलाई सिलिकन भ्यालीको अवधारणामा विकास गर्न सूचना तथा प्राविधिक हब बनाउने र युवालाई स्वदेशमै रोजगार सिर्जना गर्ने बताए ।

त्यसैगरी दाङलाई शैक्षिक हब, नारायणपुरमा विमान स्थल निर्माण, घोराही–तुलसीपुर मुख्य बजारमा विद्युत भुमिगत गर्ने, महाभारत र चुरे पर्वतको फेदीमा साइकल रुट निर्माण गर्ने अधिकारीले वाचा पत्रमा उल्लेख गरेका छन् ।

दाङ- २ बाट अधिकारीसँगै एमाले महासचिव शंकर पोखरेल, गठबन्धनबाट माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मालगायत १५ जना चुनावी मैदानमा छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?