+
+

राष्ट्रिय खेलकुदको इतिहासमा पहिलोपल्ट खेलाडीको एन्टिडोपिङ परीक्षण, ४० जनाको नमूना कतार पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १०:०९

३ कात्तिक, पोखरा । राष्ट्रिय खेलकुदको नवौं संस्करणसम्म आइपुग्दा पहिलो पटक खेलाडीहरुको डोपिङ परीक्षण गरिएको छ । कात्तिक २८ गते औपचारिक उदघाटन भएपछि नै डोपिङको नमूना संकलन थालिएको थियो ।

विभिन्न प्रतियोगितामा सहभागी ४० खेलाडीको एन्टिडोपिङ नमूना संकलन गरी परीक्षण गर्न कतार पठाइएको एन्टिडोपिङ परीक्षण उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिए ।

‘अहिले हामीले ४० जना खेलाडीको र्‍याण्डम्ली नमूना लिएका छौं,’ शाहले भने, ‘यसले नेपाली राष्ट्रिय खेलकुदको स्वच्छता बढाउन सहयोग पुर्‍याउने छ भन्ने विश्वास छ ।’

शाहका अनुसार दक्षिण एसियाली खेलकुदकै इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा एन्टिडोपिङ परीक्षण गरिएको हो । ‘यो एकदमै सेन्सेटिभ विषय पनि हो । हामीले संकलन गरेको नमूना कतार पठाएका छौं । नतिजा आउन केही समय लाग्छ,’ डा. शाहले भने ।

नवौं राष्ट्रिय खेलकुदका लागि ३ विभागीय, १ एनआरएनए र ७ प्रदेशसहित ११ टिम सहभागी छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ प्रतियोगितामा करिब ७ हजार खेलाडी सहभागी भएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा उदघाटन गरेको नवौं राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले आज सोही स्थानमा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?