+
+

यस्तो गाउँ, जहाँ ३२ एक्कड जमिनको मालिक छन् बाँदर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १७:४१

भारतमा भूमिहीन तथा गरीब मानिसको संख्या निकै छ । तर महाराष्ट्रको उस्मानावाद जिल्लाको एक गाउँमा भने बाँदरको नाममा समेत ३२ एक्कड जमिन रहेको छ ।

उस्मानाबादको उपला गाउँमा जब कुनै बाँदर कुनै घरको ढोकामा पुग्छन्, तब मानिसहरु बाँदरलाई निकै सम्मान गर्दछन् । त्यति मात्र होइन, गाउँमा हुने बिहेभोज लगायतका समारोहमा पनि बाँदरको सम्मान गरिन्छ ।

उपला ग्राम पञ्चायतमा रहेको अभिलेखमा स्थानीय ३२ एक्कड जमिन गाउँ आसपासमा बस्ने सबै बाँदरको नाममा रहेको उल्लेख छ । गाउँका सरपञ्च बप्पा पडवालका अनुसार ग्राम पञ्चायतको दस्तावेजमा उक्त जमिन बाँदरको रहेको देखिए पनि जनावरको स्वामित्वमा जग्गा राख्न सकिने उक्त प्रावधान कसले र कहिले सुरु भयो भन्ने खुलेको छैन ।

उनका अनुसार विगतमा गाउँमा हुने सबै अनुष्ठानमा बाँदरको उपस्थिति हुन्थ्यो । बिहे हुँदा सबैभन्दा पहिले बाँदरलाई उपहार दिइन्थ्यो र मात्रै समारोह सुरु हुन्थ्यो । तर अहिले धेरैले त्यो प्रथा छाड्दै गएका छन् । तर आफ्नो ढोकामा आउने बाँदरलाई खाना खुवाउने चलन भने हराएको छैन । गाउँमा अहिले गाउँमा झण्डै १०० वटा बाँदर बस्छन् । तर पछिल्ला वर्षमा बाँदरको संख्या घट्दै गएको छ ।

बाँदरको नाममा रहेको जमिनमा वन विभागले वृक्षरोपण गरेको छ । त्यहाँ मानिस बस्न छाडेको एउटा घर पनि बाँदरको बासका लागि दिइएको थियो, जुन अहिले भत्किएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?