+
+

श्रीलंका र नेदरल्याण्ड्स टी–२० विश्वकपको सुपर १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:०१

३ कात्तिक, काठमाडौं । श्रीलंका र नेदरल्याण्ड्स आइसीसी टी–२० विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् ।

बिहीबार भएको दोस्रो खेलमा नामिबिया युएईसँग ७ रनले पराजित भएसँगै नेदरल्याण्ड्स सुपर १२ मा पुगेको हो ।

यसअघिको पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएर श्रीलंका सुपर १२ पुगेको थियो ।

अंक तालिकाका आधारमा एक एक खेल मात्र जितेका नामिबिया र यूएई प्रारम्भिक चरणबाट नै बाहिरिएका छन् ।

बिहीबारको दोश्रो खेलमा युएईले दिएको १४९ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो ।

नामिबियाका लागि डेबिट वियसले सर्वाधिक ५५ रन बनाए । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । रुबिन टुर्म्पिलमान २५ रनमा अविजित रहे ।

यूएईका लागि वसिल हमिद र जोर खानले समान २ विकेट लिए ।

यसअघि सिमोन्ड स्टेडियममा पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १४८ रन बनायो ।

उसका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४१ बलमा १ चौका र ६ छक्का प्रहार गरे । कप्तान रिज्वान ४३ र वसिल हमिद २५ रनमा अविजित रहे ।

नामिबियाका लागि डेविट वियस, वर्नाड स्कोल्ट्ज र वेन सिकोन्गोले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?