+
+

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली

सुरेश बिडारी सुरेश बिडारी
२०७९ कात्तिक ३ गते २०:५०

३ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गनबाट १ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत ५ जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न ७ रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन् । झडप र प्रहरीको कारबाहीमा कति मजदुर घाइते भए भन्ने प्रहरीले खुलाएको छैन ।

उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो । बिहीबार सोही विषयमा कर्मचारी र व्यवस्थापनबीच छलफल भएको थियो ।

झडप हुन सक्ने भन्दै उद्योग परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका थिए । दिउँसो साढे ३ बजे वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो । प्रहरीले झडपमा संलग्न रहेको अरोपमा ७ जना मजदुरलाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?