+
+

मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले गरे स्काइ जम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १६:४२
रातो ज्याकेटमा बियर ग्रिल्स ।

३ कात्तिक, काठमाडौं । मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्सले खुम्बु क्षेत्रमा स्काइ जम्प गरेका छन् । बिहीबार आफ्नो फेसबुक पेजबाट एक भिडियो सार्वजनिक गर्दै यसबारे उनले जानकारी दिएका हुन् ।

सो भिडियोमा उनले नेपाल र नेपालीको प्रशंसा समेत गरेका छन् । एक साता लामो भ्रमणका सिलसिलामा उनी नेपाल आएका हुन् । उनी विशुद्ध पारिवारिक भ्रमणमा आएको र सो क्रममा खुम्बु क्षेत्रमा हेलिकप्टरबाट स्काइ जम्प गरेका हुन् । उनी साहसिक गतिविधि र कठिन परिस्थितिमा कसरी सर्भाइभ गर्ने भन्ने उपायका कारण विश्वभर चर्चित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?