+
+

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २०:२४

३ कात्तिक, दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् ।

तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका राजन बिक गम्भीर घाइते भएका छन् । थप उपचारका लागि उनलाई नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक सुरेन्द्र बिक्रम बर्तौलाले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका – १६ का ५० बर्षका सरिता बस्नेत र दंगीशरण गाउँपालिका – १ बाँकीका २० वर्षका टोपेन्द्र बिष्ट समान्य घाइते भएका छन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गाडिको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडीमा ७ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?