+
+

भदौमा २० प्रतिशतले बढ्यो रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १३:०५

४ कात्तिक, काठमाडौं । भदौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह करिब २० प्रतिशतले बढेको छ । साउन र भदौमा १८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जुन  अघिल्लो वर्षको यस्तै अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । यो वर्ष अमेरिकी डलरमा नै विप्रेषण आप्रवाह बढेको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले बढेर १ अर्ब ४७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरको मूल्य बढ्दै गएपछि बढी मूल्य पाइने अवस्थाले नेपालमा रेमिट्यान्स बढ्न पुगेको देखिन्छ । चाडबाडअघिको समय भएकाले पनि यो अवधिमा रेहिट्यान्सको आप्रवाह अन्य अवधिको तुलनामा धेरै हुन्छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले बढेर १ लाख ३ हजार ८९८ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले बढेर ३९ हजार १८९ पुगेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले बढेर २०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?