+
+

कर्णाली राजमार्गको पहिरो पन्छाउन सेनाले थाल्यो ब्लास्टिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १४:२९

४ कात्तिक, जुम्ला । कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ ।

नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुंगा फुटाउन दुई दिनदेखि ब्लास्टिङ (बम विस्फोट) भइरहेको नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।

नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार हालसम्म १० वटा ठूला ढुंगा फुटाइएको छ । नन्दा बक्स गणका उपसेनानी (.क्याप्टन) सन्तोष केसीको नेतृत्वमा ५० जना सैनिक टोली सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिए ।

पहिरो खसेर सडकमा थुप्रिएको ठूलो ढुंगा स्काभेटरले उठाउन नसक्ने भएकाले ब्लास्टिङ गरेर फुटाउनुपरेको हो । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार पहिरो हटाएपछि भत्किएको सडकको छेउतर्फ पर्खाल लगाउने र जाली भरिनेछ ।

कर्णाली राजमार्गको भत्किएको खण्डमध्ये सबैभन्दा अफ्ठ्यारो खण्ड राचुलीदेखि नाग्मसम्मको हो । यो खण्डको पहिरो हटाएर मर्मत सम्भार गरेपछि एक हप्तामा राजमार्ग सञ्चालनमा आउने श्रेष्ठले बताए ।

गत असोजको तेस्रो हप्ता आएको वर्षापछि पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?