+
+

भारतमा गुगललाई साढे २१ अर्ब जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १५:०३

भारतीय प्रतिस्पर्धा आयोगले दिग्गज इन्टरनेट कम्पनी गुगलमाथि झण्डै साढे २१ अर्ब रुपैयाँ जरिवाना गरेको छ ।

गुगलले एन्ड्रोइड मोबाइल उपकरणको क्षेत्रमा आफ्नो मजबुत उपस्थितिको गलत फाइदा उठाएको आरोप आयोगले गरेको छ । साथै आफ्ना अनुचित व्यापारिक गतिविधिलाई रोक्न तथा निश्चित समयसीमामा यस विषयमा समाधान निकाल्न पनि आयोगले निर्देशन दिएको छ ।

स्मरण रहोस्, भारतीय प्रतिस्पर्धा आयोगले यसअघि एप्पल, गुगल, अमेजन, नेटफ्लिक्स र माइक्रोसफ्ट विरुद्ध सूचना जारी गरेको थियो । ती कम्पनीले डिजिटल क्षेत्रमा प्रतिस्पर्धा विरोधी गतिविधि गरिरहेको र त्यस विषयमा अनुसन्धान हुनु आवश्यक रहेको आयोगको ठहर थियो ।

सोही विषयमा अनुसन्धान गर्न यन्त सिंहाको अध्यक्षतामा वित्तसम्बन्धी संसदीय स्थायी समितिको गठन पनि गरिएको थियो । उक्त समितिले प्रतिस्पर्धाका विभिन्न विषयमाथि विस्तृत अनुसन्धान गरिरहेको छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टम गुगल स्वामित्वको सबैभन्दा ठूलो स्मार्टफोन अपरेटिङ सिस्टम हो । अन्य कम्पनीले जुन लाइन्सेन्स जारी गर्दछन् ती पनि गुगलद्वारा नै जारी गरिएका हुन्छन् । अनुसन्धानका क्रममा समितिले पाए अनुसार एप्पल र एन्ड्रोइडका बीचमा केही स्तरमा प्रतिस्पर्धा रहे पनि त्यो केवल खरिद गर्ने समयमा मात्र देखिने गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?