
काठमाडौं । आर्यन सिग्देल स्टारर प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । आर्यन र उपासनाले जोडी बाँधेको फिल्म पुस १५ गते अर्थात ३० डिसेम्बरमा रिलिज हुनेछ ।
सार्वजनिक पोस्टरमा आर्यन एक्सन लुक्समा देखिएका छन् भने उपासना घाइते अबस्थामा तनावग्रस्त मुडमा । निर्माता रामप्रसाद रिजालको यो पाँचौ फिल्म हो ।
आर्यन केही समयको अन्तरालपछि यो फिल्ममार्फत कमब्याक गर्दैछन् भने उपासना पछिल्लो समयकी सफल अभिनेत्री हुन् । उनको पछिल्लो फिल्म दुई नम्बरी हलमा चलिरहेको छ ।
आर्यन र उपासनाले यो फिल्ममार्फत पहिलोपटक पर्दामा सहकार्य गर्दैछन् । प्रवीण झाद्धारा निर्देशित फिल्ममा सुमन थापा रोहित, नरेश भट्टराई, सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायतका कलाकारको अभिनय छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा÷सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।
प्रतिक्रिया 4