+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ५ गते १९:२५

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ ।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो ।

त्यसैगरी टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा. उत्सव मोहसिंह, गरुणदल गणका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने र मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सहभागी भएका थिए ।

लुम्बिनी आएका सैनिक टोलीलाई जनसम्पर्क अधिकृत हरिध्वज राईले लुम्बिनीको इतिहास, पुरातात्व, बौद्धदर्शनको महत्वका बारेमा प्रकाश पारेका थिए । सैनिक टोलीले मायादेवी मन्दिरको दर्शनसँगै शान्ति स्तुपा र विहार क्षेत्रको अवलोकन गरेको थियो ।

२४ अक्टोबर अर्थात संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाको आयोजनामा सेमिनारका सन्दर्भमा नेपाल आएका राष्ट्र संघमा कार्यरत सैनिक टोली र विश्व शान्तिका लागि खटिएका देशका सैनिकहरु लुम्बिनी भ्रमणमा आएका हुन् ।

विश्वमा शान्तिका लागि काम गर्ने संयुक्त राष्ट्र संघ र त्यहाँ कार्यरत सैनिकहरुलाई विश्वशान्तिको मुहान लुम्बिनीमा स्वागत गर्न पाउँदा खुशी लागेको जनसम्पर्क अधिकृत राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?