+
+

मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार घिमिरे र थापालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते ८:०१

६ कात्तिक, ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुरले यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार शिवहरि घिमिरे र रोजिना थापालाई प्रदान गरेको छ । घिमिरे नयाँ पत्रिकामा र थापा देखापढी अनलाइनमा कार्यरत कार्यरत छन् ।

प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा (जुगल)ले शनिबार एक कार्यक्रमकाबीच घिमिरे र थापालाई पुरस्कार हस्तान्तरण गरे ।

दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार र सम्मानपत्र वितरण गरिएको छनौट समितिका सदस्य सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।

द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छन् ।

कार्यक्रममा बस्नेतले प्रेस सेन्टरले आफ्फ्नो श्रीमानको योगदानलाई कदर गर्दै बिभिन्न कार्यक्रम गरेकोप्रति आभार प्रकट गरिन् । उनले आफूहरुले आस्था बोकेको पार्टी माओवादी केन्द्रले जनयुद्धका क्रममा शहीद, बेपत्ता र घाइतेहरुको सपना पूरा गर्न थप जनपक्षीय काम गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?