
६ कात्तिक, दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् ।
शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका-११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना वेपत्ता भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4