+
+

सुर्खेतमा सत्ता गठबन्धनका शीर्ष नेता : चुनाव जिताए कर्णाली समृद्ध बनाउने दावी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १९:२५

६ कात्तिक, सुर्खेत । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले चुनाव जिताए कर्णालीको विकास र समृद्धिको लागि पहल गर्ने उद्घोष गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय संयुक्त सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरुले चुनाव जिताए कर्णालीमा नतिजा देखिने गरी काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘सरकार अहिलेपनि कर्णालीको विकास र समृद्धिको लागि लागिरहेको छ । हरेक क्षेत्रमा पछाडि परेको कर्णालीलाई पाँच वर्षभित्र नतिजा देखिने गरी विकास गर्छौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन विरुद्धको विद्रोह कर्णालीबाट सुरु भएको भन्दै कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुल्ने बताए ।

प्रचण्डले अगाडि भने, ‘कर्णालीको पछौटेपनलाई माथि उकास्नु गठबन्धन सरकारको प्रमुख प्रथामिकता हुनुपर्छ, आगामी निर्वाचनमा गठबन्धनलाई जिताउँनुस, हामी विकास र समृद्धि ल्याएर आउँछौं ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताए । ‘नेपाली राजनीतिमा व्यक्तिवादी चरित्र हावी भएको छ । त्यसको नेतृत्व ओलीले गरेका छन् । व्यक्ति केन्द्रित राजनीति अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?