+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते २०:५२

६ कात्तिक, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ । १ दशमलव ५ टेस्लाको मेसिनबाट पहिलो पटक एमआरआई सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बोम बिसीले जानकारी दिए।

एमआरआई सेवा सञ्चालन भएसँगै बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने डा. बिसीको भनाइ छ।

यसअघि यो क्षेत्रमा एमआरआई सेवा नहुँदा नागरिकहरुलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । एमआरआई सेवाका लागि ८ हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लाग्ने सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?