
७ कात्तिक, काठमाडौं । यस सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनलले साउथ्हयाम्टनसँग अग्रता लिएर पनि बचाउन नसक्दा १-१ को बराबरी खेलेको छ ।
जारी सिजन आर्सनलको यो पहिलो बराबरी हो ।
साउथह्याम्पटनको मैदानमा ग्रान्ट जाकाको गोलबाट आर्सनलले पहिलो हाफमा अग्रता लिएको थियो । स्टुअर्ट आर्मस्ट्रागले ६५ औं मिनेटमा साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।
अग्रता कायम राख्न नसक्दा आर्सनलले साउथह्याम्पटनसँग अंक बाँड्नुपरेको हो ।
बराबरीपछि लिग लिडर आर्सनलले ११ खेलबाट २८ अंक जोड्दै दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि २ अंकको अग्रता बनाएको छ । सिटीको समान खेलबाट २६ अंक छ ।
यस्तै लिगकै अन्य खेलमा न्युकासलले टोटनहमलाई २-१ ले पराजित गरेको छ । न्युकासलका लागि कलुम विल्सन र मिगुएल अल्मिरोनले पहिलो हाफमा गोल गरे । ह्यारी केनले दोस्रो हाफमा टोटनहमका लागि एक गोल फर्काए ।
जितपछि १२ खेलबाट २१ अंक जोड्दै न्युकासल चौथो स्थानमा उक्लेको छ । समान खेलबाट २३ अंकसहित टोटनहम तेस्रो स्थानमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4