७ कात्तिक, काठमाडौं । उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शन मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार राति एथ्लेटिक विल्वाओलाई ४-० ले सहजै पराजित गरेको छ । डेम्बेलेले एक गोल गर्नुका साथै ह्याट्रिक असिस्ट गरे ।
यस्तै रोवर्ट लेवान्डोस्कीले गोल गर्ने फर्मलाई निरन्तरता दिँदै एक गोल गरे । सर्जि रोवर्टो फेरान टोरेसले पिन एक एक गोल गरे ।
खेलको १२औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा रोवर्टो र २२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । फेरानले ७३औं मिनेटमा बार्सिलोनाका लागि चौथो गोल गरे । तीनै गोलका लागि डेम्बेलेले सहयोग गरे ।
जितपछि ११ खेलबाट २८ अंक जोडेको बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दूरी ३ मा झारेको छ । रियल समान खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4