+
+

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सैनिक जवानको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १३:४२

७ कात्तिक, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ रमाइलोडाँडा नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

नवलपरासीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकललाई सोमबार विहान साढे ५ बजे ठक्कर दिँदा मोटरसाइकल चालक सैनिक जवान सर्लाहीको बागमती नगरपालिका–१० का अन्दाजी २६ वर्षीय सुनील महतोको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

उनी नेपाली सेनाको बुटवलस्थित रण शारदल गणमा कार्यरत थिए । दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने सर्लाहीको बागमती–८ की १९ वर्षीया निशा मगर घाइते भएकी छन् । पुरानो मेडिकल कलेजमा उपचार गराइरहेकी निशाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, सोमबार राति चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोलास्थित पृथ्वी राजमार्गमा धादिङबाट फिस्लिङतर्फ आउँदै गरेको ना ३३ प ३६५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार घाइते भएका मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका ३ बस्ने ३२ वर्षका प्रेमबहादुर गुरुङको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?